| 8 बजे Gk कक्षा छ है |       | बन्ने होइन त अधिकृत ?? |      

नोट | आजको खबर #28

LoksewaGyan १ असार २०७८,मंगलवार

1. बैतडीको सिगासमा पत्ता लागेको फलामखानीबाट फलाम उत्खननको कार्य कहिलेदेखि सुरु गरियो ?                    

विसं २०७७ चैत ८ 
2. नेपालमा पहिलो पटक न्युक्लियर मेडिसिन सेवाको सुरुवात कार्य कहिलेदेखि सुरु गरिएको हो ?
      वि.सं. २०७७ पुस ६ 
– खासगरी क्यान्सर, थाइराइड एवम् हड्डीसम्बन्धी समस्या (दुखाइ) पत्ता लगाउन यो प्रविधि प्रयोग गरिने ।
– यस प्रविधिमार्फत कम स्तरको रेडियो एक्टिभ सामग्री मौखिक एवम् इन्जेक्सनमार्फत शरीरभित्र प्रवेश गराई शरीरको अवस्थाबारे जानकारी लिन सकिने ।

3. हाल विश्व व्यापार सङ्गठन  (डब्लुटीओ) प्रमुखमा को हुनुहुन्छ ? 
             एन्गोजी ओकोन्जो–इबेला (पूर्वअर्थमन्त्री, नाइजेरिया
उहाँ अफ्रिकाबाट डब्लुटीओको इतिहासमै पहिलो महिला प्रमुख हुनुभएको 
ओकोन्जोले २०२१ मार्च १ देखि कार्यभार सम्हाल्नुभएको र उहाँको कार्यकाल सन् २०२५ अगस्ट ३१ सम्म हुनेछ ।
 सन् १९९५ मा डब्लुटीओ स्थापना भएपछि ओकोन्जो कार्यकारी निर्देशक हुने सातौँ व्यक्ति हुनुभएको ।
 एक वर्ष कार्यकाल रहँदै तत्कालीन कार्यकारी निर्देशक रोबर्टो अजिभेडोले राजीनामा गरेपछि डब्लुटीओमा नयाँ प्रमुखको नियुक्ति हुन सकेको थिएन 
4. नारायणहिटी दरबार संग्राहलयभित्र रहेको 'श्री सदन' सर्वसाधारणका लागि खुला
           २०७७ मंसिर ६
5. नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालिन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणहरूका लागि खुला भएको । 
अहिलेसम्म ५२ कक्षमध्ये ३२ वटा मात्रै खुला भएको । ५२ कक्षका सबै ढोकाका नाम हिमालबाट र सबै कोठाहरूका नाम जिल्लाबाट राखिएको । अझै मनाङ, मुस्ताङ, जाजरकोट जस्ता लगभग १२ वटा जिल्ला खुला गर्न बाँकी रहेको र समयक्रम अनुसार सबै खुला हुने ।
श्री सदन खुला गरिएसँगै मोटर ग्यारेजमा हिटलरले तत्कालिन राजा त्रिभुवनलाई उपहारस्वरुप दिएको गाडी पनि प्रदर्शनमा राखिएको छ । यस्तै तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी र वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाज पनि अवलोकनका लागि राखिएको छ ।
२०२३ सालमा बनेको यो सदन तीन तलाको छ। १२ कोठा भएको यो भवनको भुइँतलामा वीरेन्द्रको निजी कार्यालय थियो। उमेर पुगेपछि दीपेन्द्र श्री सदनबाट त्रिभुवन सदनमा सरेका थिए। अन्य परिवारका सदस्य श्री सदनमै बस्दै आएका थिए। गणतन्त्र स्थापना भएर दरबार संग्राहालयमा परिणत भए पनि उक्त सदन बन्द रहेको थियो।

6.  फुटबलका महारथी डिएगो म्याराडोनाको हृदयाघातका कारण कहिले निधन भएको हो ?
           २५ नोभेम्बर २०२० मा (६० वर्षको उमेरमा)
    उनी आर्जेन्टिनाले सन् १९८६ मा विश्वकप जित्दा क्याप्टेन थिए।
    म्याराडोनाले बार्सिलोना र नापोली फुटबल क्लबबाट पनि खेलेका थिए। 
    आर्जेन्टिनाको तर्फबाट चारवटा विश्वकप खेलेका उनले ९१ वटा खेलमा ३४ गोल गरेका थिए।
    व्यावसायिक फुटबलबाट उनले सन् १९९७ मा अवकाश लिएका थिए।
    २ चोटिआर्जेन्टिनाको कप्तानका रूपमा विश्वकप फाइनलसम्म
    ४ वटाविश्वकप फुटबलमा सहभागी 
   २ चोटिनापोलीलाई सिरी ए उपाधि

7. हालै मञ्चमै झगडा परेपछि 'घाइते' हुने मिसेस श्रीलङ्काः उपाधि विजेता प्रतियोगी को हुन् ?
            पुष्पिका डिसिल्भा
 २०२१ अप्रिल ४ मा कोलम्बोमा भएको एउटा समारोहमा निर्णायकहरूले उनलाई सन् २०२१ की विजेता घोषित गरेका थिए।
 तर सन् २०१९ की विजेता क्यारलाइन जुरीले प्रतियोगिताको नियमानुसार प्रतिस्पर्धी विवाहित हुनुपर्ने भन्दै उनको ताज खोसिन् । सम्बन्धविच्छेद भइसकेको दाबी गर्दै डिसिल्भालाई उपाधि दिइन नहुने ती पूर्वविजेताको भनाइ थियो। 

8. नेपालमा चीनबाट आएको भेरोसेल खोप लगाउन कहिलेदेखि सुरु भयो ? 
                            २०७७ चैत्र २५ देखि
9..  सन् २०२१ अप्रिल ७ मा सार्वजनिक गरेको एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन अनुसार 
पत्रकारलगायत दर्जनौँ व्यक्तिहरूलाई गलत सूचना फैलाएको वा कोभिड–१९ महामारीका सन्दर्भमा सरकारको आलोचना गरेको भन्दै  कति वेबसाइट बन्द गरिएको उल्लेख छ ?
           ३० भन्दा धेरै
  एम्नेस्टी इन्टरनेशनलले बुधवार सन् २०२०/////२०२१ को प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा हुँदै आएका शान्तिपूर्ण प्रदर्शनका प्रदर्शनकारी तथा अधिकारकर्मीमाथि सुरक्षा बलले अत्यधिक बल प्रयोग गरी हिरासतमा लिने काम गर्दै आएको बताएको हो ।
 जुलाईमा अग्रिम सूचना नदिइकनै चितवन निकुञ्जका अधिकारीहरूले दुई वटा घरमा आगो लगाउँदै र हात्ती प्रयोग गरी अन्य आठ वटा घर ध्वस्त पार्दै आदिवासी जनजाति १० चेपाङ परिवारलाई जबरजस्ती निष्कासन गरेको र देशैभरि अनौपचारिक रूपमा बसोबास गर्नेहरूलाई जबरजस्ती निष्कासन गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

10 राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बङ्गलादेशको राजकीय भ्रमण कहिले सम्पन्न भयो ? 
           विसं २०७७ चैत ९ र १०

11.  नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र शाखाको कार्यसमितीको लागि इतिहासमै पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट कहिले निर्वाचन भएको हो ?
                      २०७७ चैत्र २५
 देशैभरबाट १३ हजार १ सयभन्दा बढी पत्रकारहरुले प्रत्यक्ष निर्वाचनमार्फत आफ्ना नेताहरु चुन्न मतदान गरेका हुन्,
 कुल ९७ बुथमा मतदान भएको

12. सरकारले संघीयता कार्यान्वयनको १० वर्षे रोडम्याप कहिलेदेखि कार्यान्वयनमा ल्याएको हो ?

२०७७ चैत्र २५
    आर्थिक वर्ष २०७७/७८ देखि २०८७/८८ सम्मका लागि लक्षित गरी १० वर्षे
    सरकारले सबल संघीयता परिकल्पना साकार पार्नेगरी तयार पारेको सुस्पष्ट मार्गचित्र (रोडम्याप)सहितको १० वर्षे रणनीतिक योजना बुधबारबाट कार्यान्वयनमा ल्याएको छ
    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको सो रणनीतिक योजनाको बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले विमोचन गर्दै कार्यान्वयनमा आएको जानकारी गराएका
    कार्यान्वयनका लागि मुख्य चार रणनीतिक स्तम्भ तय गरेको छ । जसअनुसार संघीयता कार्यान्वयन सहजीकरण, सार्वजनिक सेवामा मानव संसाधन व्यवस्थापन, स्थानीय पूर्वाधार विकासमा सहजीकरण, सेवा प्रवाह र सुशासन छन्
13. सिस्नुपानीले हानेर मनाइने विसु पर्व कहाँ मनाइन्छ ?

सुदूरपश्चिम क्षेत्रमा
    नयाँ वर्षको दिन सुदूरपश्चिम क्षेत्रमा मनाइन्छ ।
    यस दिन आफूभन्दा ठूलाबडालाई सिस्नुपानीले छ्याप्ने चलन छ। 
    सिस्नुले हानेपछि शरीरमा रहेको विष (रोग) हराउँछ भन्ने मान्यता छ। सिस्नुपानीले हान्दा वा छ्याप्दा रोग नलाग्ने वा शरीरमा रहेको विष नास हुने
    एकापसमा सिस्नो लगायो भने सबै बिष नष्ट हुन्छ भन्ने जनविश्वास भएकाले 
    हिन्दु सम्राट विक्रमादित्यको जन्मोत्सवको अवसरमा पौराणिककालदेखि नै बिसुपर्व मनाउने गरिएको जनविश्वास रहि आएको छ । वैशाख १ गतेका दिन सूर्यले पृथ्वीको परिक्रमा पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती छ ।
   बिसु पर्वमा मासको दालबाट बनाइने विशेष स्थानीय परिकार ‘बटुक’ र गतानी डुब्का खाने चलन । बिसुको अवसरमा महिलाहरूले स्थानिय भेषभुषा पहिरन गरी डेउडा खेल लगाउने, पुतला नाच खेल्ने तथा पुरुषहरूले बिसु बाघ बनाएर दौडाउने समेत गर्छन् । By:Rajendra Rawat

Share this