
समसामयिक भाग -१३
➖?✅✍️?
✍संकलन/लेखन- राजेन्द्र रावत
- १४ औँ साग कहाँ हुने भएको छ ? ?पाकिस्तान
- ?२०२३ को मार्चमा
- ?निर्णय सन् २०२१ जुलाई १२
- ?दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सन् २०२१ जुलाई १२ मा सम्पन्न भर्चुअल बैठकले १४औँ सागको मितिबारे निर्णय भएको हो ।
- ?सन् २०१९ मा पाकिस्तानले १४औँ साग आयोजना गर्ने भनी झन्डा बोकेको थियो । तीन वर्षअघि काठमाडौंमा सम्पन्न १३औँ सागमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले दरशथ रंशगालामा पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्ष सइद हेसनलाई साग आयोजनाको झन्डा हस्तान्तरण गरेका थिए ।
- ?पाकिस्तानका पाँच सहरमा साग आयोजना हुने निर्णय भएको छ । जसमध्ये लाहोरलाई मुख्य आयोजना सहरका रूपमा राखिएको छ । लाहोरसँगै फैसलावाद, गुजरनवाला, इस्लामावाद र सिलाकोट सहआयोजक सहर हुनेछन् ।
- ?पाकिस्तानसँगै नेपाल, भारत र बंगलादेशले तीन–तीन साग आयोजनाको अवसर पाएका छन् । श्रीलंकाले दुईपटक मात्रै साग आयोजना गरेको छ । अहिलेसम्म भुटान र माल्दिभ्सले साग आयोजना गरेका छैनन् ।
- ?देशको नामको सुरुको अक्षरअनुसार साग आयोजक राष्ट्रले पालैपालो प्रतियोगिता आयोजना गर्छन् । पाकिस्तालने १९ वर्षपछि साग खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो ।
- ‘यूरोमनि अवार्ड फर एक्सिलेन्स अवार्ड २०२१’ प्राप्त गर्ने बैंक कुन हो ? ?नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड
- ?बैंकले दोस्रो पटक यो अवार्ड पाएको हो । यसअघि बैंकले २०१८ मा यो अवार्ड जितेको थियो ।
- ?युरो म्यागेजिनले वित्तीय क्षेत्रमा उत्कृष्ट बैंकलाई वार्षिक रुपमा प्रदान गर्दै आएको
- ?सन् १९९२ मा स्थापना गरिएको यस अवार्ड कार्यक्रम विश्व बैंकिङ्ग उद्योगमा सुरु गरिएको पहिलो अवार्ड हो । यस अवार्ड विश्वको १०० वटा देशहरुमा सञ्चालन हुने गरेको छ ।
- ३२ औँ गृष्मकालीन ओलम्पिक प्रतियोगिता कहाँ हुँदै छ ? ?जापानको टोकियो
- ?कहिले हुने सन् २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्म
- ✅जम्मा दिन १७ दिन
- ✅खेल हुने स्थान ४२
- ✅जम्मा समावेश खेल ३३ खेल
- ✅जम्मा पदक ३३९
➖?✅✍️?⛔️?३२ औँ गृष्मकालीन ओलम्पिक र नेपाल ➖?✅✍️?⛔️?
- ✅प्रतियोगिताको उद्घाटन समारोहको मार्चपासमा नेपालको झन्डा बोक्ने पौडीका खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाह
- ✅सन् २०१६ को रियो ओलम्पिकमा नेपालबाट झन्डा बोक्ने जुडोकी फुपु ल्हामु
- ✅नेपालबाट खेल र खेलाडी सहभागी चार खेलका पाँच खेलाडी
- ✅नेपालबाट सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरी तथा पौडीका खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाह
- हालै महान्यायाधिवक्तामा को नियुक्त भएका छन् ? ?खम्मबहादुर खाती
- ✅नियुक्त मिति : २०७८ असार ३१
- ✅राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा बाजुरा जिल्ला निवासी अधिवक्ता खम्मबहादुर खातीलाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको ।
- ✅नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम सो नियुक्ति गरिएको ।
- केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटन सर्बोच्चद्धारा कहिले बदर भयो ? ?वि सं २०७८ असार २८ गते
- ✅सर्बोच्च अदालतले विसं २०७८ जेठ ८ गते भएको प्रतिनिधिसभा विघठनको निर्णय बदर गर्दै विघठित प्रतिनिधिसभा पुनर्स्थापना गर्न र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको ।
- ✅सर्वोच्चले धारा ७६ (५) मा दलीय ह्वीप नलाग्ने फैसलासमेत सुनाएको
- ✅सर्वोच्च अदालतले पुनस्थापित प्रतिनिधिसभाको बैठक २०७८ साउन ३ गते अपरान्ह ५ बजेभित्र बोलाउन आदेश दिएको
- ✅देउवाले १४९ जनाको हस्ताक्षर रहेको भनी प्रधानमन्त्री पदमा गरेको दाबी वैधानिक देखिएकाले दुई दिनभित्र नियुक्त गर्नू भनी राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको ।
- ✅शेरबहादुर देउवाले संविधानको धारा ७६ (५) बमोजिम बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दावी गरेपनि राष्ट्रपतिले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।
- ✅प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै कांग्रेस सभापति शेरबहादुर देउवासँगै १४६ सांसदलगायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
- नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवा पाँचौपटक प्रधानमन्त्रीका रुपमा कहिले नियुक्त भएका हुन् ? ? वि.सं. २०७८ असार २९
- ➖नियुक्ति, पद तथा गोपनियताको सपथ वि.सं. २०७८ असार २९ गते
- ➖मिति २०७८ असार २८ गते सर्बोच्च अदालतले विसं २०७८ जेठ ८ गते भएको प्रतिनिधिसभा विघठनको निर्णय बदर गर्दै विघठित प्रतिनिधिसभा पुनर्स्थापना गर्न र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
- ➖देउवा पहिलोपटक २०५२ भदौ २६, २०५८ साउन ७ गते दोस्रोपटक, २०६१ जेठ २१ गते तेस्रोपटक र चौथो पटक २०७४ जेठ २३ मा प्रधानमन्त्री भएका थिए ।
- युरोकप फुटबल २०२० को विजेता राष्ट्र कुन हो ? ?इटाली (३–२ गोल अन्तरले)
- ➖उपविजेता : इङ्ल्यान्ड
- ➖तेस्रो: स्पेन
- ➖चौथो : डेनमार्क
- ➖संस्करण १६औं
- ➖खेल भएको मिति : सन् २०२१ जून ११ देखि जुलाई ११ सम्म ।
- ➖पहिलो खेल इटाली र टर्कीबीच स्टाडियो ओलिम्पिकको रंगशालामा
- ➖आयोजना स्थल यूरोपका विभिन्न ११ राष्ट्रका १२ सहरमा आयोजना
- ➖आयोजना हुने सहर लन्डन, बाकु, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम, सेन्ट पिटस्बर्ग, बुखारेस्ट, म्युनिख र आम्स्ट्रडम
- ➖सहभागी भएका टिम संख्या २४
- ➖कुल गोल १४२
- ➖सर्वाधिक गोल गर्ने क्रिस्टियानो रोनाल्डो र पत्रिक सचिक (५ गोल)
- ➖गोल्डेन बुट पाउने क्रिस्टियानो रोनाल्डो
- ➖उनले यो प्रतियोगितामा पाँच गोल गरेरै राष्ट्रिय टिमबाट सर्वकालीन सर्वाधिक गोल गर्ने इरानका अली दाईको कीर्तिमानमा बराबरी गर्न पनि सफल भए । रोनाल्डोले पोर्चुगलका लागि १०९ गोल गरेका छन् ।
- ➖प्लेअर अफ दि टुर्नामेन्ट घोषित इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्मा
- ➖सन् २०२० मा हुने यूरोकप कोरोना भाइरसको महामारीका कारण एक वर्षपछि धकेलिएको
- ➖यो खेल सन् १९६० मा फ्रान्सबाट सुरु भएको हो । स्पेन र जर्मनीले ३÷३ पटक जितेको छन् ।
- ➖यसअघिको सन् २०१६ को १५ औं यूरोकपको विजेता पोर्चुगल र उपविजेता फ्रान्स हुन् ।
- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोनाभाइरसको उपचारका लागि सिफारिस नयाँ औषधिको नाम के हो ? ? ‘इन्टरलेउकिन—६
- ⛔️कहिले ? - सन् २०२१ जुलाइ ६
- ⛔️औषधीसम्वन्धी विभिन्न अध्ययन तथा विश्लेषणले कोरोनाभाइरसविरुद्ध यो औषधी उपयोगी हुने निश्कर्ष निकालेको
- ⛔️डब्लुएचओले आयोजना गरेको पत्रकार सम्मेलनमा यो औषधीका बारेमा गरिएको अध्ययन तथा विश्लेषण धेरै ठूला अध्ययन मध्येको एक भएको जानकारी दिइएको ।
- ज्याकोब जुमा कुन देशका राष्ट्रपति हुन् जसलाई हालै १५ महिनाको लागि जेल चलान गरिएको छ ? ?दक्षिण अफ्रिका
- ⛔️उनी दक्षिण अफ्रिकाका चौथो निर्वाचित राष्ट्रपति हुन् ।
- ⛔️सन् २०२१ जुन २९ मा अदालतले फैसला सुनाएर १५ महिना कैद तोकेको
- ⛔️ज्याकोब जुमा दक्षिण अफ्रिकी इतिहासकै कारावासको सजाय भोग्ने पहिलो राष्ट्रपति बने ।
- ⛔️दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो अदालत संवैधानिक अदालतले यस्तो फैसला गरेको ।
- ⛔️भ्रष्टाचारको छानविन गर्न गठित सरकारी आयोगलाई बयान नदिएको र असहयोग गरेको भन्दै उनी दोषी ठहर भएका ।
- ⛔️सन २००९ देखी २०१८ सम्म राष्ट्रपति भएका ।
- ⛔️सन् २०१६ मा उनलाई विभिन्न १८ भ्रष्टाचारका कान्डहरुमा अदालतले दोषी देखाएको थियो ।
- चीनले दक्षिण एशियाली मुलुक संग मिलेर कहिले गरीबी निवारण र सहकार्य केन्द्रको स्थापना गरेको हो ? ? सन् २०२१ जुलाई ८
- ⛔️चीनले सार्कका सदस्यहरुसँग मिलेर कुन केन्द्रको स्थापना गरेको हो ? चीन–दक्षिण एसियाली मुलुक गरिबी उन्मूलन र सहकारी विकास केन्द्र
- ⛔️जम्मा सदस्य कति छन् ? चीनसहित ६
- ⛔️चीनले सार्कका कुन कुन सदस्यसँग मिलेर उक्त केन्द्रको गठन गरेको हो ? (५ सदस्य) नेपाल, श्रीलंका, बंगलादेश, पाकिस्तान र अफगानिस्तान
- ⛔️चीनले दक्षिण एसियाका कुन कुन देशलाई बाहिर राख्दै उक्त गरीबी केन्द्रको स्थापना गरेको हो ? (३ सदस्य)भारत, भुटान र माल्दिभ्स
- ⛔️नेपालबाट सहभागी ? चीनका लागि नेपालका राजदूत महेन्द्र बहादुर पाण्डे
- ⛔️उक्त केन्द्र स्थापना गर्न आयोजना गरिएको कार्यक्रममा सहभागी र समर्थन ? पाँचै देशका चीनस्थित राजदूतहरूको सहभागिता र सबै मुलुकले यसको समर्थन गरेका
- कोपा अमेरिका, २०२१ को विजेता राष्ट्र कुन हो ? ?अर्जेन्टिना(१-० गोल अन्तरले)
- ⛔️उपविजेता : ब्राजिल
- ⛔️तेस्रो : कोलम्बिया
- ⛔️चौथो : पेरु
- ⛔️संस्करण : ४७ औं
- ⛔️मिति : जुन १३ देखि जुलाइ ११, २०२१
- ⛔️आयोजक : कनेम्बोल (दक्षिण अमेरिकी फुटबल प्रतियोगिता)
- ⛔️खेलिएको स्थान : रियो द जेनेरिया, ब्राजिल
- ⛔️पहिलो खेल : ब्राजिल र भेनेज्वेला (३–०)
- ⛔️टिम संख्या : १०
- ⛔️खेल संख्या :२८
- ⛔️गोल संख्या : ६५
- ⛔️सर्बोत्कृष्ट खेलाडी, ‘प्लेयर अफ द् टुर्नामेन्ट ः लियोनल मेस्सी
- ⛔️धेरै गोल गर्ने ः लियोनल मेस्सी र लुइस डियाज (४÷४ गोल)
- हालै घरमै हत्या गरिएका हैटीका राष्ट्रपतिको नाम के हो ? ?जोभेनल मोइस
- ⛔️सन् २०२१ जुलाई ७ मा
- ⛔️उनले सन् २०१७ फेब्रुअरीदेखि हैटीको ५८ औँ राष्ट्रपतिको रुपमा जिम्मेवार सम्हालेका थिए ।
- बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको निधन कहिले भयो ? ? सन् २०२१ जुलाइ ७ मा
- ?९८ वर्षको उमेरमा उनको निधन भएको हो ।
- ?११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर (हाल पाकिस्तान) मा जन्मिएका दिलीप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान थियो ।
- ?करिब २२ वर्षको उमेरमा उनले फिल्ममा काम सुरु गरेका थिए । उनले १९४४ मा फिल्म ‘ज्वार भाटा मा काम गरेका थिए । यद्यपि यो फिल्मले धेरै चर्चा पाएन ।
- ?सन् १९९७ मा उनलाई पाकिस्तान सरकारले सबैभन्दा ठूलो नागरिक सम्मान ‘निशान ए इम्तियाज’ बाट सम्मानित गरेको थियो ।
- चीनियाँ कम्प्युनिष्ट पार्टी तथा विश्वका राजनीतिक पार्टीहरुको सम्मेलन, २०२१ कहिले भएको हो ? ? सन् २०२१ जुलाइ ६
- ?चीनियाँ कम्युनिष्ट पार्टी (सिपिसी ले नेपालसहित विश्वका १६० मुलुकका ५०० सय भन्दा बढी राजनीतिक दलका नेता र प्रतिनिधिहरुलाई भेला पारेर मंगलबार एक शिखर सम्मेलनको आयोजना गरेको ।
- ?भर्चुअल सम्मेलन गरेर चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले सय वर्षमा गरेको उपलब्धि र आगामी बाटोबारे जानकारी गराएको
- ?यस अगाडि सन् २०१७ मा सिपिसीले विभिन्न देशका राजनीतिक दलका नेताहरुसँग उच्चस्तरका छलफल गरेको थियो र अहिलेको सम्मेलनलाई त्यसैको विस्तारित रुप भनिएको छ ।
- ?सम्बोधनमार्फत सीले संसारका राजनीतिक दललाई निश्चित निम्न सन्देश दिन खोजेको ।
- सबै राजनीतिक दलसँग सहकार्य बढाउन चाहान्छौं
- ?हाम्रो एजेन्डालाई साथ दिनुपर्योन
- ?आफ्नो मुलुक अनुसारको मोडल विकास गरौं
- ?चीनले अन्य मुलुकमा आधिपत्य खोज्दैन
- ?गरिबी निवारणमा चिनियाँ मोडलबाट सिक
- प्रधानमन्त्री ओलीद्धारा राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको उद्घाटन कहिले भएको हो ? ?२०७८ असार २१
- ✍️यससँगै राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन शुरु हुने भएको ।
- ✍️प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा भर्चुअल माध्यमबाट माथिल्लो तामाकोशीको उद्घाटन ।
- ✍️करिब ३ महिनाको निरन्तर परीक्षणपछि आयोजनाबाट विद्युत् उत्पादन भएको ।
- ✍️कुल ४५६ मेगावाट विद्युत् उत्पादन क्षमताको माथिल्लो जलविद्युत् आयोजनामा आज (असार २१)एक युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन शुरु हुने ।
- ✍️आगामी आर्थिक वर्षमा ४५६ मेगावाट नै उत्पादनको लक्ष्य लिइएको छ ।
- ✍️आयोजनामा कुल ६ वटा युनिट छन् । जसबाट ७६ मेगावाटका दरले ४५६ मेगावाट विद्युत् उत्पादन हुने ।
- ✍️तर सुरुमा एउटा युनिटबाट मात्रै विद्युत् उत्पादन हुने छ । ११ वर्षपछि आयोजनाको निर्माण कार्य सकिएको हो ।
- २०७८ असारसम्म मुलुकका कति जिल्ला साक्षर घोषित भएका छन् ? ?- ५४ (२०७८ असार २३)
(अछाम साक्षर घोषित हुने ५४औँ जिल्ला रहेको ।) - देशभरिका मालपोत कार्यालयमा अनलाइन प्रणाली कहिलेदेखि लागू गरिएको हो ? ? विक्रम संवत् २०७८ असार २३
- ✍️६ वर्षअघि (२०७२ साउन २५) मालपोत कार्यालय कलङ्कीबाट सुरु भएको भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली असार २३ देखि एक सय २६ वटै मालपोत कार्यालयमा लागू भएको । यसअघि एक सय १८ कार्यालयमा सुरु भइसकेकोमा सो दिन बाँकी आठ कार्यालयमा पनि अनलाइन प्रणाली कार्यान्वयन भएको ।
- ✍️कागजी प्रक्रियामा चल्दै आएको मालपोत कार्यालय अनलाइन प्रणालीमा गएसँगै मालपोत प्रशाासन डिजिटल युगमा प्रदेश गरेको ।
- ✍️यो प्रणली सुरु भएपश्चात् नै सर्वसाधारणले आफ्नो घर–जग्गाको विवरण (क्षेत्रफल, सँधियार रोक्का, राजस्वलगायत) मोबाइल एपमै हेर्न सक्ने ।
- ✍️देशभरका मालपोत कार्यालयमा लागू गरिएका अनलाइन सेवा प्रणालीबाट अब यस कार्यालयको सेवा छिटो, छरितो, पारदर्शी र विश्वसनीय हुने ।
- पारवहनका लागि नेपाली रेलले वीरगन्ज र विराटनगरदेखि कोलकाता/हर्दियासम्म रेल सेवा दिन सक्नेसम्बन्धी सम्झौतामा कहिले सहमति भएको हो ? ? विसं २०७८ असार २५ ।
(नेपाल र भारतबीच संशोधित रेलसेवा सम्झौताअनुसार नेपालबाट तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय निजी क्षेत्रको रेलसेवासमेत उपयोग गर्न सकिने भएको । यसअघि निश्चित कम्पनीबाट सञ्चालित रेलसेवामात्र ढुवानीका लागि प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा अब भने धेरै विकल्प खुला भएको ।) - ‘राना थारू’लाई आदिवासी जनजाति सूचीमा कहिले सूचीकृत गरिएको हो ? ? विसं २०७७ जेठ ५ (राजपत्रमा प्रकाशित) ।
– ✍️योसँगै आदिवासी जनजातिको सङ्ख्या ६० पुगेको ।
– ✍️मन्त्रिपरिषदको विसं २०७६ माघ २० को बैठकले राना थारूलाई सो सूचीमा सूचीकृत गर्ने निर्णय गरेको ।
– ✍️राना थारू विशेषगरी कैलाली र कञ्चनपुर जिल्लामा बसोवास गर्ने । - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२१ मे २७ मा जारी गरेको नयाँ वरियतामा नेपाल कतिऔँ स्थानमा रहेको छ ? ?१७१औँ ।
– ✍️नेपाल दक्षिण एसियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा रहेको ।