| 8 बजे Gk कक्षा छ है |       | बन्ने होइन त अधिकृत ?? |      

समसामयिक भाग -१४

राजेन्द्र रावत १० श्रावण २०७८,आईतवार

समसामयिक भाग -१४

➖��✅✍️��

✍संकलन/लेखन- राजेन्द्र रावत

१.प्रधानमन्त्री शेरबहादुर देउवाले कति भोटले विश्वासको मत
पाए ?
 - १६५

  •  २०७८ साउन ३ गते विश्वासको मत लिएका
  •  २७१ सांसदमध्ये १६५ जनाको मत पाएका छन्।
  •  विपक्षमा ८३ मत र तटस्थमा एक मत परेको छ।
  •  मतदानमा २४९ जना सांसद उपस्थित थिए।

 

२. सन् २०३२ मा हुने ओलम्पिक खेल कहाँ हुने निर्णय भएको छ ?

-ब्रिसवेन,
अष्ट्रेलिया

  •  कति औं संस्करण हो ? ३५ औं
  •  हुने ठाउँ : ब्रिसवेन, अष्ट्रेलिया
  •  खेल हुने समय : सन् २०३२ जुलाई २३-अगष्ट ८ सम्म
  •  खेल हुने समय र स्थान सम्बन्धी निर्णय भएको : सन् २०२१ जुलाई २१
  •  निर्णय गर्ने : जापानको टोकियोमा भएको अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल(आइओसी) को बैठकले निर्णय गरेको ।
  •  हालै सम्पन्न र आगामी ओलम्पिक हुने समय र स्थान :
  •  ३१ औं : सन् २०१६ मा ब्राजिलमा भएको
  •  ३२ औं : सन् २०२१ जुलाई २३-अगष्ट ८ सम्म जापानमा
  •  ३३ औं : सन् २०२४ मा फ्रान्समा
  •  ३४ औं : सन् २०२८ मा लस एञ्जल्स
  •  ३५ औं : सन् २०३२ मा अष्ट्रेलियाको ब्रिसवेनमा

 

३. अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले हालै आफ्नो आदर्श वाक्य परिवर्तन गरेर के
राखेको छ ?

- “Faster, Higher, Stronger – Together”

  •  पहिले के थियो ? “Faster, Higher, Stronger"


४. हालै नेपाली सेनाले सार्वजनिक गरेको तथ्यांक अनुसार संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ १२१ देशमध्ये नेपाल कति औं स्थानमा रहेको छ ?

- दोस्रो स्थान

  •  विश्वका विभिन्न द्वन्द्वग्रस्त देशमा संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ तैनाथ करिब १२१ राष्ट्रमध्ये सङ्ख्याका आधारमा बङ्गलादेश, नेपाल, भारत, इथियोपिया र रुवान्डा क्रमश अग्रणी छन् ।


५. जापानको टोकियोमा आयोजित ३२औँ ओलम्पिक खेलकुद प्रतियोगितामा नेपालका कति खेलका कति खेलाडी सहभागी हुँदै छन् ?

चार खेलका (सुटिङ, जुडो, एथ्लेटिक्स र पौडी) पाँच खेलाडी

  •  ३३ खेल समावेश हुने
  •  टोकियो ओलम्पिक्स सन् २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्म सञ्चालन हुने ।
  •  यसअघि टोकियो ओलम्पिक्स सन् २०२० को जुलाई २४ देखि अगस्ट ९ सम्म हुने मिति तय गरिएको थियो । \
  • कोरोना भाइरसको महामारीका कारण प्रत्येक चार वर्षपछि हुने ओलम्पिक्स यसपटक पाँच वर्षपछि हुन लागेको ।
  •  विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालले सबैभन्दा पहिले सन् १९६४ मा टोकियो ओलम्पिकमै भाग लिएको थियो ।


6. प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत कहिले लिनुभएको हो
?

-विसं २०७८ साउन ३ गते

  •  प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ साउन ३ गते प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको ।
  •  साउन ३ मा प्रतिनिधिसभामा भएको मतदानमा पक्षमा १६५ मत, विपक्षमा ८३ र तटस्थ मत एक रहेको ।
  •  प्रतिनिधिसभामा मताधिकार प्राप्त सांसद सङ्ख्या २६६ रहेकोमा २४९ सांसदको उपस्थिति रहेको ।


7. आसियानको ३७औँ शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

  • सन् २०२० नोभेम्बर ११–१५, हनोई (भियतनाम) 

(यस संस्थाको ३६औँ सम्मेलन पनि हनोईमा सम्पन्न भएको । ३८औँ र ३९औँ सम्मेलन
ब्रुनाईको बन्दरसेरी बेगवानमा हुने भएको ।)


8. नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा
व्यवस्थापन प्राधिकरणले २०७८ साउन ७ गते ‘विपद् जोखिम न्यूनीकरण
सद्भावना दूत’का रुपमा कसलाइ नियुक्त गरेको छ ?

-प्रकाश सपुत र सुनिता दुलाल


9. जनकपुर–जयनगर रेल्वे ट्रयाकको गति परीक्षण कहिले सफल भएको हो ?
-२०७८ साउन ३

  •  जयनगरबाट आएको भारतीय रेल्वेले जनकपुरधामको कुर्थास्थित मुख्य स्टेशनसम्म स्पिड परीक्षण र सर्टिफिकेशन गर्ने कार्य गरेको
  •  भारतीय डव्लु डि एम थ्रीडी नामको इञ्जिन तथा दुई मालवाहक डब्बासहित आएको ट्रेन आउने बेलामा ६० प्रतिकिलो मिटरको स्पिडमा आएको र फर्कने बेलामा १२० को स्पिडमा फर्किएको

10. जेफ बेजोसले आफ्नै अन्तरिक्ष यानबाट कहिले अन्तरिक्षको सफल यात्रा गरे ?

 -सन् २०२१ जुलाइ २०

  •  को - अमेरिकी अरबपति तथा अमेजन कम्पनीका पूर्वसीईओ जेफ बेजोस
  •  कहिले : सन् २०२१ जुलाइ २०
  •  लञ्ज स्थल: अमेरिकाको टेक्सासमा रहेको भान हर्नस्थित बेजोसको अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट
  •  अन्तरिक्षमा विताएको समय : १० मिनेट र १० सेकेन्ड अन्तरीक्षमा बिताएका उनीहरु त्यसपछि कुशलतापूर्वक पृथ्वीमा फर्किएका
  •  दूरी :  ‘न्यु सेफर्ड’ पृथ्वीको सतहबाट ६६.५ माइल माथि गएको
  •  यात्रीहरु : बेजोससँगै उनका भाइ मार्क बेजोस, ८२ वर्षकी वाली फंक र १८ वर्षका एक युवक ओलिभर डायमेन
  •  कायम भएको कीर्तीमान : फंक वैली अन्तरिक्षमा पुग्नुहुने सबैभन्दा बढी उमेरको अन्तरिक यात्रीको कीर्तिमान बनाउनुभयो भने ओलिभर सबैभन्दा कान्छो अन्तरिक्ष यात्रीको रुपमा आफ्नो नाम दर्ता गराउन सफल
  •  अन्तरिक्ष कम्पनी : ‘ब्लू ओरिजिन (स्थापना: सन् २०००)
  •  अन्तरिक्षा यान : ‘न्यू शेफर्ड’
  •  अन्तरिक्ष कम्पनीको मालिक : जेफ बेजोस
  •  यो ब्लू ओरिजिनको पहिलो मानव सहितको अन्तरिक्षा यात्रा हो ।


11. नेपालकै पहिलो युद्ध सङ्ग्रहालयको निर्माण कहाँ भएको छ ?

-सिन्धुली
जिल्लाको कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिक सिन्धुलीगढीमा

  •  २०७६ साल कात्तिक २४ गते तत्कालीन उप–प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले उक्त सङ्ग्रहालयको शिलान्यास गर्नुभएको थियो
  •  नेपाल एकीकरणका बेला गोर्खाली सेनाले अंग्रेज फौजलाई सिन्धुली जिल्लाको सिन्धुलीगढी, मकवानपुर जिल्लाको मक्वानपुरगढी, रौतहट जिल्लाको समनपुर र रुपन्देही जिल्लाको जितगढी युद्धमा हराएको ईतिहास रहेकोले ती स्थानमा नेपाली सेनाले युद्ध सङ्ग्रहालय बनाउने योजना अघि सारेको
  •  ‘नेपाल एकीकरणका बेला बिं. सं. १८२४ मा काठमाण्डौ कब्जा गर्न किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई युद्धमा हराएर गोर्खाली सेनाले बिरासत कमाएको ठाँउ सिन्धुलीगढी हो ।’

12. रामायण पार्क कहाँ निर्माण हुने भएको छ ?

-म्याग्दीको बेनी
नगरपालिका–५, पछैमा

  •  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा पछैमा रामायण पार्क (उद्यान) निर्माण सुरु गरिएको
  •  कुल २३ करोड रुपियाँ लागत अनुदान गरिएको पार्कलाई हाललाई पर्यटन मन्त्रालयले दुई करोड ११ लाख र नगरपालिकाको एक करोड १४ लाख विनियोजन गरेको

 

13. विसं २०७८ वैशाख/जेठमा सम्पन्न नेपालको पहिलो फ्रेन्चाइज फुटबल
प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि कसले जित्यो ?

-काठमाडौँ रेजर्स (उपविजेता : धनगढी एफसी)
(उपाधिसँगै काठमाडौँ रेजर्सले ३५ लाख रुपियाँ र उपविजेता धनगढी
एफसीले १५ लाख रुपियाँ प्राप्त गरेका ।)


14. इरानको राष्ट्रपतिमा को निर्वाचित हुनुभएको छ ?

  •  इब्राहिम राइसी (सन् २०२१ जुन)
  •  इस्लामिक कट्टरपन्थी विचारधाराका पूर्वप्रधानन्यायाधीश राइसी इरानको राष्ट्रपति चयन भएका ।
  •  इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीको समर्थन प्राप्त राइसीले अत्यधिक मत प्राप्त गरी
  • विजयी बनेका ।
  •  सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदा धेरै राजनीतिक बन्दीलाई मृत्युदण्ड दिनेगरी फैसला गरेको
  • आरोप उनीमाथि रहेको ।


15. मिस युनिभर्स–२०२० को उपाधि जित्ने सुन्दरी को हुन् ?

- एन्ड्रिया मेजा
(मेक्सिको) 

  •  ६९औँ संस्करणको मिस युनिभर्स प्रतिस्पर्धामा सहभागी ७३ देशका सुन्दरीलाई पछाडि पार्दै २६ वर्षीया सफ्टवेयर इन्जिनियर एन्ड्रियाले सो उपाधि जितेकी ।
  • सन् २०२१ मे १६ मा सम्पन्न प्रतियोगितामा ब्राजिलकी जुलिया गामा फस्ट र पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप भएका ।


16. सन् २०२२ को शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगिता कहाँ हुने भएको
छ ?

- बेइजिङ, चीन 


17. राजधानीमा आयोजित नवौँ नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२१ मा
उत्कृष्ट वृत्तचित्रको उपाधि कुन चलचित्रले जित्यो ?

- सहायक श्रीमान् (को हजबेन्ड) 

  •  गणेश पाण्डेद्वारा निर्देशित तथा शारदा गैरेनिर्मित बहुपतिप्रथामा आधरित वृत्तचित्र सहायक श्रीमान् उत्कृष्ट ठहरिएको ।
  •  कथानक फिल्मतर्फ आमा (हिमाल उप्रेतीनिर्देशित तथा भूपेन् कुमार खड्का निर्मित) उत्कृष्ट घोषित भएको । फिल्म वृद्ध आमाबुवालाई वृद्धाश्रममा राख्नेको कथामा आधारित रहेको ।


18. काठमाडौँमा सम्पन्न बिम्स्टेकको चौथो शिखर सम्मेलनले सहयोगका क्षेत्र कति कायम गर्ने निर्णय गरेको छ ?

- १६ वटा (चौथो सम्मेलनले सहयोगका २ क्षेत्र थप गरी १६ कायम गरेको ।)


19. विसं २०७३ पुस महिनामा सार्वजनिक दिगो विकासका लागि प्रकृति संरक्षणको राष्ट्रिय
रणनीति प्रारूपको अवधि कुन हो ?

- विसं २०७२–२०८७ 


20. सरकारले कहिलेसम्ममा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीलाई विस्थापन गर्ने घोषणा गरेको छ ?
- वि.सं. २०८८ (आगामी १० वर्षभित्र, आ.व. २०७८/७९ को बजेटमार्फत)

May be a cartoon of 2 people and text

Share this