| बन्ने होइन त अधिकृत ?? |      

नोट | आजको खबर #29

LoksewaGyan २ असार २०७८,बुधबार

1. मिस टिन २०२१ प्रदेश १ को बनेकी छन् ? 
साम्राज्ञी शर्मा- मिस टिन 
     झापा हल्दिवारीकी साम्राज्ञी शर्माले 
    मिस टिन प्रदेश १ को फस्ट रनरअप दमककी सुरक्षा कार्की र
    सेकेण्ड रनरअप मोरङकी आशिका बजगाई 
2. नेपालमा ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस पुष्टि कहिले भएको हो ?

   २०७८ बैशाख १ मा
    हङकङमा १५ वटा  नमुना परीक्षणका लागि पठाएको थियो । 
    १५ वटा  नमुना मध्ये एक जनामा ‘डबल म्युटेन्ट भेरियन्ट’ पुष्टि भएको
    ललितपुरका एक व्यक्तिमा भारतमा देखिएको जस्तै डबल म्युटेन्ट भेरियन्ट पुष्टि भएको
    ‘नेपालमा नयाँ प्रजातिको भाइरस फैलिएको आशंकामा ‘जिन सिक्वेन्सिङ’ को लागि नमुना बाहिर पठाएका थियो’
3.    गित संगितमा ५१ वटा विधामा विश्व रेकर्ड कायम (सबैभन्दा धेरै) गर्ने नेपाली को हुन् ? धर्मराज उपाध्याय
    यससँगै गीत–संगीतबाट अहिलेसम्मकै सबैभन्दा बढी रेकर्ड राख्ने देश नेपाल बनेको 
    गीतकार उपाध्यायले विश्वकै छोटो गीत, विश्वकै सबैभन्दा लामो गीत, विश्वका सबै देशका मुद्रा समेटेर तयार गरिएको गीत, विश्वका सबैभन्दा धेरै पर्यटकीय स्थलको नाम समेटेर तयार गरिएको गीत, सबैभन्दा बढी फूलको नाम समेटेर तयार गरिएको गीत, सबैभन्दा बढी पटक आमा शब्द प्रयोग गरिएको गीतजस्ता विभिन्न विधाहरु रहेका।
    फरक शैलीका गीत–संगीत तयार गरेका छन्। उपाध्यायले १५० भन्दा बढी देशको पर्यटनस्थलको नाममा गीत तयार गरेर, सबैभन्दा छोटो १८ अक्षरको गीतसंगीत तयार गरेर, एकै दिनमा चार वटा गीत लेखी रेकर्ड गरेर रिलिज गरेर, १७५ देशका मुद्राहरुको नाममा गीत–संगीत तयार गरेर, कदेखि ज्ञसम्मका प्रत्येक वर्णको गीत लेखी पुस्तक ल्याएका छन् । यस्तै, ५५ वटा फरक–फरक फूलको नाममा गीत लेखी रेकर्ड गराएर, सबैभन्दा धेरै पटक आमा तथा धेरै पटक बुबा शब्द प्रयोग गरी गीत रेकर्ड गराएर, विश्वका १६४ प्रजातिका चराको नाम समेटेर गीत रेकर्ड गराएका छन् ।
3. प्रहिलोपटक अन्नपूर्ण हिमालमा नेपाली महिलाको सफल आरोहण कहिले भएको हो ?

 २०७८ बैशाख ३
    आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल
    अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने सो हिमालमा पूर्णिमा श्रेष्ठको टोलीले सफल
    टोलीमा पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमासहित दावा याम्जुङ शेर्पा, दावा फुटी शेर्पा, माया शेर्पा, पासाङ ल्यामु शेर्पा र शर्मिला तामाङ सहभागी थिए । पथप्रर्दशक पेम्बाको सहयोगमा उनीहरुले अन्नपूर्ण आरोहण गरेका हुन् आरोहण गरेको हो ।
    पूर्णिमा कारोबार आर्थिक दैनिकमा कार्यरत पत्रकार हुन् । उनले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरेकी थिइन् । फ्रान्सेली नागरिक मौरिस हर्गोजले सन् १९५० जुन ३ तारेखका दिन अन्नपूर्ण प्रथम हिमालको पहिलो पटक आरोहण गरेका थिए ।
    अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो मानवपाइला परेको जेठो हिमाल हो
4. नेपालको संसदीय इतिहासमा पहिलो पटक फ्लोर क्रस कहिले भएको हो ?

२०७८ बैशाख ३ गते
    २०७८ बैशाख ३ गते नेपालको कर्णाली प्रदेशसभामा भएको।
    संसदीय प्रणालीमा ‘फ्लोर क्रस’ का घटना विरलै हुने गर्दछन्
    नेकपा एमालेका चार प्रदेशसभा सदस्यले पार्टीको ह्वीप विपरीत ‘फ्लोर क्रस’ गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका छन् । 
    एमालेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् ।
    ‘आफ्नै पार्टीका सांसदले साथ नदिंदा २०५१ सालमा गिरिजाप्रसाद कोइरालाको सरकार ढल्यो, पछि २०५३ चैत्र १३ गते आफ्नै पार्टीमा दुई सांसद दीपकबहादुर शाही र चक्रबहादुर शाही उपस्थित नहुँदा शेरबहादुर देउवाको सरकार ढल्यो तर ‘फ्लोर क्रस’ भने भएको थिएन ।’
    वास्तवमा :संसदीय व्यवस्थामा सम्बन्धित दलले ह्वीप जारी गरेको अवस्थामा पनि ‘फ्लोर क्रस’ हुनुलाई सामान्य मानिंदैन । यसले कुनै न कुनै रुपमा संसदीय व्यवस्थालाई अवमूल्यन गर्छ भन्ने मान्यता राख्छन् विश्लेषकहरु ।
    फ्लोर क्रसको स्पष्ट सन्देश ती सांसद उसको दलसँग चरम रुपमा असन्तुष्ट छन् भन्ने हो । यति मात्र होइन, यसलाई आफ्नो दल छोडेर अर्काे दलमा गएको रुपमा समेत बुझ्ने गरिन्छ ।
5. विराट गोल्डकप २०७७ को उपाधि कसले जितेको छ ?  एपीएफ
    यो छैटौं संस्करणको विराट गोल्डकप फुटबल हो 
    २०७८ बैशाख ४ मा भएको फाइनल खेलमा पन्जाव पुलिस क्लबलाई १-० गोलले पराजित गर्दै एपीएफले उपाधि जितेको
    विजेता टिमले ट्रफीसहित नगद १५ लाख १५ हजार रुपैयाँ पाप्त गरेको छ भने उपविजेताले सात लाख ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
6. नेपालकै पहिलो पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा हुने जिल्ला कुन हो ?  डोटी
२०७८ बैशाख ३ 
    ‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ
    जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले डोटीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको 
    नेपाल सरकारले जारी गरेको पूर्ण खोप सुनिश्चितता निर्देशिका तेस्रो संशोधन २०७७ अनुसार जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको
7. नेपालमा स्पुतनिक–५लाई आपत्कालीन अनुमति कहिले दिइयो ? २०७८ बैशाख ७ गते
    रुसले बनाएको कोरोना खोप
    औषधि व्यवस्था विभागले अनुमति दिएको
    रूसको गामेलया रिसर्च इन्स्टिच्युट अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले विकास गरेको कोरोना खोप हो
    स्पुतनिक-५ खोप ९१.६ प्रतिशतसम्म प्रभावकारी देखिएको दाबी गरिएको छ । उक्त खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा सुरक्षित तरिकाले भण्डारण गर्न सकिनेb By:Rajendra Rawal

Share this