| चर्चित प्रशिक्षक तथा पुस्तक लेखकहरुबाट नयाँ कक्षाहरु भईरहेका छन् |      

समसामयिक ज्ञान भाग -२

LoksewaGyan ९ बैशाख २०७८,बिहीबार

लोकसेवा ज्ञान -भाग २

 

 
 

?/fh]Gb| /fjt : Rajendra Rawat

 

 

 

 

  • सरकारले संघीयता कार्यान्वयनको १० वर्षे रोडम्याप कहिलेदेखि कार्यान्वयनमा ल्याएको हो ? ð  २०७७ चैत्र २५
  • आर्थिक वर्ष २०७७÷७८ देखि २०८७÷८८ सम्मका लागि लक्षित गरी १० वर्षे
  • सरकारले सबल संघीयता परिकल्पना साकार पार्नेगरी तयार पारेको सुस्पष्ट मार्गचित्र (रोडम्याप)सहितको १० वर्षे रणनीतिक योजना बुधबारबाट कार्यान्वयनमा ल्याएको छ
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको सो रणनीतिक योजनाको बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले विमोचन गर्दै कार्यान्वयनमा आएको जानकारी गराएका
  • कार्यान्वयनका लागि मुख्य चार रणनीतिक स्तम्भ तय गरेको छ । जसअनुसार संघीयता कार्यान्वयन सहजीकरण, सार्वजनिक सेवामा मानव संसाधन व्यवस्थापन, स्थानीय पूर्वाधार विकासमा सहजीकरण, सेवा प्रवाह र सुशासन छन्
  • उत्तराखण्डमाविनासकारी हिमपहिरो- कहिले गएको थियो ?

        ð२०२१ फेब्रुअरी ७ मा गएको ।

 ३. “स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान २०७७” द्धारा सम्मानित हुने   व्यक्तित्व को हुन् ? ð फरेन्सिक विज्ञ डा. हरिहर वस्तीलाइ

 

  • राष्ट्रिय मानव अधिकार आयोगले हरेक वर्ष प्रदान गर्ने
  • आयोगको शवोत्खनन् लगायत मानव अधिकारका दर्जनौँ अनुसन्धान कार्यमा महत्त्वपूर्ण योगदान पुर्याकोमा सम्मान गर्ने निर्णय गरेको हो ।
  • २०७६ मा पाउने डा. रेणु अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको

 

४. केहि पुस्तकहरु

  • राजनीतिसंगै राजकाज - रविन्द्र मिश्र
  • पथेर -श्याम शाह
  • सनैया - होम कार्की

५.       १७० वर्षे इतिहासमा रोयटर्सले कसले पहिलो महिला प्रधान सम्पादक नियुक्त गरेको छ ?

ðअलेसान्ड्रा गालोनीलाई

  • रोमकी स्थायी बासिन्दा ४७ वर्षीया गालोनीले स्टिफिन जे एड्लरलाई प्रतिस्थापन गर्नेछिन् 
  • स्टिफिन जे एड्लर एक दशकदेखि रोयटर्सको प्रधान सम्पादकको भूमिका निर्वाह गर्दै आएका छन्। उनको  नेतृत्वमा रोयटर्सले सात पुलित्जर पुरस्कारसहित पत्रकारिता क्षेत्रका सयौँ पुरस्कार प्राप्त गर्न सफल भएको छ।
  • रोयटर्स कम्युनिकेसनका अनुसार गालोनीले आगामी अप्रिल १९ देखि आफ्नो नयाँ जिम्मेवारी सम्हाल्नेछिन् 
  • विश्वव्यापी रुपमा सेवा प्रदान गर्दै आएको समाचार संस्था राेयटर्सको १७० वर्षको इतिहासमा प्रधान सम्पादक बन्ने अलेसान्द्रा पहिलो महिला हुन्।

६.२०७६ सालको उत्तम शान्ति पुरस्कार कसलाइ प्रदान गरिने भएको छ ? ð सरिता अर्यालको मेरो अपहरण

  • कोरोना महामारीका कारण गत वर्ष रोकिएको पुरस्कार यस वर्ष अर्यालको नियात्रा संग्रहलाई दिइने उत्तम
  • राशि : ताम्रपत्र र नगद राशि एक लाख रुपैयाँ
  • कोरोना महामारीका कारण गत वर्ष रोकिएको पुरस्कार यस वर्ष प्रदान
  • उत्तम कुवर स्मारक पुरस्कार गुठी २०४४ सालदेखि गैरआख्यान गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिहरूलाई उत्तमशान्ति पुरस्कारद्वारा सम्मानित गर्दै आएको छ
  • २०७७ सालको पुरस्कार भने घोषणा हुन बाँकी नै छ । यसअघि २०७५ सालको पुरस्कार इल्या भट्टराईको कृति दक्षिणायन
  • पुरस्कार २०७८ जेठ १२ गते प्रदान गरिने

७. राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको रिपोर्ट अनुसार मुद्रास्फीति कति रहेको उल्लेख गरेको छ ? ð मुद्रास्फीति ३.०२ प्रतिशत,

  • निर्यात ७.८ प्रतिशतले बढ्यो
  • २०७७ चैत्र ३० मा सार्वजनिक
  • नेपाल राष्ट्र बैंकले २०७७ फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.०२ प्रतिशत रहेको जनाएको छ ।
  • अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.७० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४१ प्रतिशत रहेको पनि राष्ट्र बैंकले जनाएको छ ।
  • आर्थिक वर्ष २०७७÷७८ को आठ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ शीर्षकको राष्ट्र बैंकको तथ्यांकमा २०७६ फागुनको तुलनामा २०७७ फागुनमा घ्यू तथा तेल, फलफूल, सुर्तिजन्य वस्तुहरु र दाल तथा गेडागुडी उपसमुहको मुल्यवृद्धि क्रमशः १९.९७ प्रतिशत, १३.६७ प्रतिशत, १०.४१ प्रतिशत र १०.१७ प्रतिशत रहेको उल्लेख छ ।
  • समीक्षा महिनामा काठमाडौं उपत्यकामा २.५० प्रतिशत, तराईमा ३.२५ प्रतिशत, पहाडमा ३.४० प्रतिशत र हिमालमा १.१४ प्रतिशत मुद्रास्फीति रहेको पनि बैंकको भनाइ छ । यस्तै २०७६ फागुनमा यी क्षेत्रहरुमा क्रमशः ७.६१ प्रतिशत, ६.८४ प्रतिशत, ५.५३ प्रतिशत र ५.४२ प्रतिशत मुद्रास्फीति रहेको थियो । २०७७ फागुनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.३० प्रतिशत रहेको छ भने अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.५७ प्रतिशत रहेको थियो ।
  • समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि गत वर्षको सोही महिनाको तुलनामा क्रमशः ८.४५ प्रतिशत, ५.५९ प्रतिशत र ३.४७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ४.९२ प्रतिशत रहेको छ ।
  • फागुनमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.८९ प्रतिशतले बढेको देखिएको छ भने अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.५१ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा ज्यालादर सूचकाङ्क २.४३ प्रतिशतले बढेको छ भने तलव सूचकाङ्क यथावत रहेको छ ।
  • वैदेशिक व्यापार
  • यसैगरी आर्थिक वर्ष २०७७÷७८ को आठ महिनामा कुल वस्तु निर्यात ७.८ प्रतिशतले वृद्धि भई रु.८० अर्ब ७८ करोड पुगेको छ । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ११.३ प्रतिशत र २.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ४३.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, तयारी पोशाक, जुत्ता तथा चप्पल, जस्तापाता, तार, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात घटेको छ ।
  • आर्थिक वर्ष २०७७÷७८ को आठ महिनामा कुल वस्तु आयात २.१ प्रतिशतले वृद्धि भई रु.९४३ अर्ब ९९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ९.८ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः ७.१ प्रतिशत र १२.१ प्रतिशतले कमी आएको छ ।
  • वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा, भडियो, टेलिभिजन तथा पार्टपूजा लगायतका वस्तुको आयात घटेको छ ।
  • निर्याततर्फ सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।
  • व्यापार घाटा बढ्यो
  • आर्थिक वर्ष २०७७÷७८ को आठ महिनामा कुल वस्तु व्यापार घाटा १.६ प्रतिशतले वृद्धि भई रु.८६३ अर्ब २१ करोड कायम भएको छ ।
  • अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।
  • ०७७ असार मसान्तमा रु.१४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई फागुन मसान्तमा रु.१४३६ अर्ब ५४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ फागुन मसान्तमा ६.२ प्रतिशतले वृद्धि भई १२ अर्ब ३७ करोड पुगेको छ ।

८. विश्व बैङ्क हालै सार्वजनिक गरेको तथ्यांक अनुसार २०७८ मा नेपालको  आर्थिक वृद्धि कति रहने अनुमान गरेको छ ? ðआर्थिक वृद्धि २.७ प्रतिशत:

  • २०७७ चैत्र ३० मा सार्वजनिक
  • कोरोना महामारीको अवस्था रहे पनि २०७८ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण विश्व बैङ्कले गरेको छ ।
  • महामारीका कारण ४० वर्षपछि २०७७ मा सङ्कुचित नेपाली अर्थतन्त्रमा सुधार देखिने विश्व बैङ्कले औँल्याएको हो ।
  • विश्व बैङ्कले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा कोरोना महामारीपछि बन्दै गरेको खुकुलो अवस्था र प्राथमिकता प्राप्त जनसङ्ख्यामा खोपको उपलब्धताका कारण यो वृद्धि हुने प्रक्षेपण गरिएको हो । मनसुनी अनुकूलताले कृषि उत्पादनमा सुधार हुने अपेक्षा गरिएको छ ।
  • आर्थिक वर्ष २०७८÷७९ मा चालू खाता घाटा कम हुँदा कुल गार्हस्थ्य उत्पादनको १.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

९. नेपालमा चिया रोप्ने प्रथम व्यक्ति  को मानिन्छन् ? ð गजराज सिंह थापा

  • विसं १९२० तिर नेपालका प्रधानमन्त्री थिए, जंगबहादुर राणा । उनैका ज्वाइँ थिए, नेपालमा चिया रोप्ने प्रथम व्यक्ति ।
  • तत्कालीन चिनियाँ सम्राटले जंगबहादुरलाई चिनियाँ चिया बीउ उपहार दिएका रहेछन् । बीउ हात के परेको थियो, जंग आदेश जारी भयो, ‘लौ, अब चियाखेती सुरु गर ।’
  • आदेशअनुसार इलामका तत्कालीन बडाहाकिम तथा जंगबहादुरका जेठा ज्वाइँ गजराज सिंह थापा अघिल्लो पंक्तिमा देखापरे । उनैबाट विसं १९२० मै इलाम चिया कमानमा खेती सुरु भयो
  • नीजिस्तरमा पहिलो  : झापा रड्गिया डाँडामा बुधकरण चिया बगान निजीस्तरमै पहिलो हो । जुन २०१६ सालमा स्थापना भएको थियो ।
  • २३ असोज २०२३ मा नेपाल चिया विकास निगम जन्मियो । यो कम्पनी सरकारको पूर्ण स्वामित्वमा थियो ।
  • पछि, २०३५ सालमा इलाममा मुलुककै पहिलो प्रशोधन केन्द्र खोलियो । लगत्तै झापा सोक्तिममा पनि प्रशोधन कारखाना स्थापना स्थापना स्वदेशी उद्योगी व्यवसायी सफल भए ।
  • तत्कालीन राजा वीरेन्द्रबाट पूर्वाञ्चलका पाँच जिल्ला झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम ‘चियाक्षेत्र’ घोषणा गरियो । राज्यको आर्थिक र सामाजिक क्षेत्रमा समेत चियाखेती परिणामुखी देखिएपछि राजाबाटै २०३९ सालमा तोकेरै क्षेत्र घोषणा गरिएको थियो ।
  • २० जेठ २०५० मा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ मार्फत राष्ट्रिय चिया तथा कफी विकास बोर्ड गठन गरियो । १५ वैशाखमा ‘चिया दिवस’ र १ मंसिरमा ‘कफी दिवस’ मनाइने परम्परा नै थालनी गरियो ।

१०. चन्द्रमामा आफ्नो झण्डा गाड्ने दोश्रो देश कुन हो ?ð चीन

  • २०२० डिसेम्बर ३
  • सात वर्षमा चाङ इ–५ मिसन चीनको तेस्रो सफल चन्द्रमा अवतरण हो । यसअघिका दुईवटा चिनियाँ अन्तरिक्ष मिसनमा झन्डा लगाउने प्रयास गरिएको थियो तर, तिनीहरु सतहमा अडिन सकेका थिएनन् ।
  • १९६९ को अपोलो ११ मिसनमा अमेरिका, चन्द्रमामा झन्डा गाढ्ने विश्वकै पहिलो देश बनेको थियो । त्यसपछि पनि अमेरिकाले विभिन्न मिसन अन्र्तगत १९७२ सम्म पाँचवटा झन्डा गाढेको थियो ।

११. विष्णुमती नदी सफाइ अभियान कहिलेदेखि सुरु भयो ?  ð२०७८।१।१

  • काठमाडौंको विष्णुमती नदी सफाइ अभियान शोभा भगवती मन्दिर क्षेत्रबाट सफाई अभियान सुरु गरिएको छ । आज नव वर्ष २०७८ को अवसर पारेर सफाइ अभियान सुरु गरिएको हो । संघीय सांसद जीवनराम श्रेष्ठको पहलमा शोभा भगवती मन्दिरबाट आज बिहान ७ बजेदेखि ९ बजेसम्म विहान विष्णुमति नदी सफाइ अभियान शुरु भएको छ ।
  • विष्णुमती वरिपरिको वातावरणलाई स्वच्छ राख्न सरसफाई अभियान सञ्चालन गरेको सांसद श्रेष्ठले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । अबदेखि हरेक महिनाको अन्तिम शनिवार बिहान ७ बजे देखि ९ बजेसम्म सरसफाइ अभियान नियमित सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।

१२. मिस टिन २०२१ प्रदेश १ को बनेकी छन् ? ðसाम्राज्ञी शर्मा- मिस टिन

  •  झापा हल्दिवारीकी साम्राज्ञी शर्माले 
  • मिस टिन प्रदेश १ को फस्ट रनरअप दमककी सुरक्षा कार्की र
  • सेकेण्ड रनरअप मोरङकी आशिका बजगाई 

 

१३. सिस्नुपानीले हानेर मनाइने विसु पर्व कहाँ मनाइन्छ ? ðसुदूरपश्चिम क्षेत्रमा

  • नयाँ वर्षको दिन सुदूरपश्चिम क्षेत्रमा मनाइन्छ ।
  • यस दिन आफूभन्दा ठूलाबडालाई सिस्नुपानीले छ्याप्ने चलन छ।
  • सिस्नुले हानेपछि शरीरमा रहेको विष (रोग) हराउँछ भन्ने मान्यता छ। सिस्नुपानीले हान्दा वा छ्याप्दा रोग नलाग्ने वा शरीरमा रहेको विष नास हुने
  • एकापसमा सिस्नो लगायो भने सबै बिष नष्ट हुन्छ भन्ने जनविश्वास भएकाले 
  • हिन्दु सम्राट विक्रमादित्यको जन्मोत्सवको अवसरमा पौराणिककालदेखि नै बिसुपर्व मनाउने गरिएको जनविश्वास रहि आएको छ । वैशाख १ गतेका दिन सूर्यले पृथ्वीको परिक्रमा पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती छ ।
  • बिसु पर्वमा मासको दालबाट बनाइने विशेष स्थानीय परिकार बटुकर गतानी डुब्का खाने चलन । बिसुको अवसरमा महिलाहरूले स्थानिय भेषभुषा पहिरन गरी डेउडा खेल लगाउने, पुतला नाच खेल्ने तथा पुरुषहरूले बिसु बाघ बनाएर दौडाउने समेत गर्छन् ।

१४.जुडशीतल पर्व कुन समुदायमा प्रचलित चाड हो ?  ðमैथली समुदाय

  • यो पर्व बैशाख २ गते देखि ३ दिन सम्म मनाइन्छ ।
  • यसमा पहिलो दिनलाई जल सिरुवा अर्थात् पानीसँग खेलेर सिरुवा मनाउने दोस्रो दिनलाई काद सिरुवा अर्थात् हिलोसँग खेलेर मनाउने र तेस्रो दिनलाई रंग सिरुवा अर्थात् विभिन्न किसिमको रंगहरूको प्रयोग गरी उल्लासपूर्वक मनाउने चलन छ ।
  • प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गरेका छन् । वस्तुतः दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु रहेको छ ।
  • जुडशीतलमा रहेका दुई पद जुड र शीतल कल्याणसँग सम्बन्धित रहेको छ । जुडले आशिर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ अर्थात शीतलता प्रदान गर्नु नै जुडशीतल हो ।
  • यस पर्वमा जेठाले आफूभन्दा सानाको टाउकोमा हत्केलामा पानी लिई आशिर्वाद सूचक भावले शीतलता प्रदान होस् भन्ने गर्दछन् । यस क्रममा मैथिल एकाबिहानै उठेर आफ्ना परिवार र सामूहिकरूपले आफन्तलाई आशीर्वाद दिने चलन रहेको छ । यस पर्वमा शीतलताको कामना सूर्यको कडा तापविरूद्ध हुन्छ ।
  • वैशाखदेखि सूर्यको ताप वृद्धि हुने गरेका कारण यस पर्वमा मानवमात्रको कल्याण नभई रूख, बिरुवाका लागि पनि शीतलताको कामना गरिन्छ । यसका साथै घरका दैलामा तथा घरको बीचमा रहेको खम्बालाई पनि जुराउने गरिन्छ । यस दिन चुलो पनि जुराउने भएकाले चुलोमा आगो बालिँदैन ।
  • जुडशीतलमा खानपानको पनि आफ्नो खास परम्परा छ । यस पर्वका बारेमा भनिन्छएक सालको खाना अर्को सालमा खानुपर्छ । त्यसैले यसमा राति पकाइएको खाना भोलिपल्ट खाने चलन छ ।
  • थारू समुदायमा एउटा भनाइ नै छ– ‘सिरुवा पसारे या फगुवा ओसारे। अर्थात् थारूहरूको चाडपर्व सिरुवाबाट प्रारम्भ र फुगावा (होरी) मा गएर समाप्त हुन्छ

१५. जैन धर्मका कति सम्प्रदाय छन् ?             ð

  • जैन धर्ममा दुई सम्प्रदायहरू छन् ।
  • पहिलो दिगम्बर अर्थात् ४ दिशालाई नै आफ्नो वस्त्र मानेर नांगै हिँड्ने सम्प्रदाय र
  • अर्को श्वेताम्बर अर्थात् नांगै नबसेर सेतो कपडाले शरीर ढाक्ने सम्प्रदाय । यी ➡दुवै सम्प्रदायको मुख्य लक्ष्य भनेको शान्तिमय संसारको निर्माण गर्नु हो ।
  • यस धर्मका प्रवर्तक वर्द्धमान महावीरको जन्म भारतको बिहार राज्यको बैशाली भन्ने ठाउ नाजिकको कुन्द ग्राम मा ५९९ ईसा पूर्वमा भएको थियो। वर्धमान
  • महावीरकी आमा त्रिशला, वैशालीको शक्तिशाली र प्रसिद्ध लिच्छवी राजा, चेतककी छोरी थिइन्।
  • महावीर अहिंसाको दृढ उपासक थिए, त्यसैले उनले कुनैपनि दिशामा शत्रुलाई हानि गर्ने कल्पनासमेत गरेनन् । उनी कसैलाई कठोर शब्दसमेत बोल्दैनथे । नम्रता र मिठासका साथ उनका विरोध गर्नेहरूलाई बुझाउँ’थ्यो।

महावीर जैनले दिएको केही जीवन उपयोगी वचनहरू तल उल्लेख गरिएको छ ।

    • अहिंसा सबैभन्दा ठूलो धर्म हो, त्यसैले हामीले ‘बाँच्न र बाँच्न देऊ’ को सन्देशमा अडिनुपर्छ ।
    • शान्ति र आत्म-नियन्त्रण नै वास्तवमा अहिंसा हो।
    • प्रत्येक आत्मा आफैँमा सर्वज्ञानी र खुशीमय हुन्छ। आनन्द बाहिरबाट आउँदैनन्।
    • अहिंसा सबै जीवित मानिसहरुका लागि करुणाको स्रोत हो। मानिस घृणाकै कारण नष्ट हुन्छ।
    • अहिंसा भनेको सबै जीवित प्राणीहरूको सम्मानको भावना हो।
    • सबै मानिसहरु आफ्नै गल्तीका कारण दुखी हुन्छन् भने तिनीहरु आफ्नो गल्ती सच्याएर खुशी हुन पनि सक्छन्।
    • लाखौं शत्रुलाई जित्नुभन्दा आफूलाई जित्नु उत्तम तर कठिन काम हो।
    • तपाईंको आत्मा बाहिर कुनै शत्रु छैन । वास्तविक शत्रुहरू आफूभित्र बास गर्दछन् । दुश्मनहरू ती हुन् – लोभ, द्वेष, क्रोध, घमण्ड र संलग्नता र घृणा ।
    • आत्मा एक्लै आउँदछ र एक्लै जान्छ, न त कोही उसलाई समर्थन गर्छ न त कोही उनको साथी बन्छ।
    • –महावीर हामीलाई आफैँसँग लडाइँ गर्न हौसला दिन्छन् । उनी भन्छन्- आफैँसँग लडाइँ गर, बाहिरी शत्रुसँग लड्न के ? जसले आफैंलाई विजयी तुल्याउँछ, ऊ आनन्दित हुनेछ।

 

 

 

 

 

 

१६.धरहराको निर्माण कसले गरेका हुन् ? ð प्रधानमन्त्री भीमसेन थापाले

  • धरहराको निर्माण १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले निर्माण गर्न लगाएका थिए।
  • थापाले रानी ललितत्रिपुरा सुन्दरीको आदेशअन्तर्गत धरहरा बनाउन लगाएका थिए। भीमसेन थापा प्रधानमन्त्री भएका बेलामा निर्माण गरिएकाले धरहरालाई ‘भीमसेन स्तम्भ’ पनि भनिन्छ।
  • सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो। बिगुल बजेको सुनेपछि जंगी, निजामती कर्मचारी कोत वा टुँडिखेलमा जम्मा हुनु अनिवार्य थियो।
  • धरहराको निर्माण मुगलशैलीमा गरिएको थियो भने वरिपरिको पर्खाल पनि सोही शैलीमा निर्माण गरिएको छ। धरहराको निर्माण इँटा र बज्र (सुर्की, चुन, मास र चाकुको मिश्रण) बाट भएको थियो।
  • धरहरा नेपालको राजधानी काठमाडौंको सुन्धारामा अवस्थित नौतले आकारको स्तम्भ थियो।
  • १९९० सालभन्दा पहिला यसमा ११ तला थियो।
  • यसको बार्दली नवौं तलामा रहेको थियो। १९९० साल माघ २ मा आएको महाभूकम्पले बार्दलीभन्दा माथिको १० र ११ तला भत्किएको थियो र नवौं तला रहेको थियो।
  • २०७२ वैशाख १२ गते आएको ७.८ रेक्टरको विनाशकारी भूकम्पले यो पूर्णरूपले नष्ट भएको थियो ।
  • धरहराको पुनर्निर्माण, जुन अब एक उच्च प्राविधिक संरचनासहितको हुनेछ, को निर्माण १० अक्टोबर २०१८ मा सुरु भएको हो।
  • नयाँ धरहरा पुरानोजस्तो देखिन्छ, यद्यपि यो आधुनिक सुविधाबाट समेत सुसज्जित हुनेछ।
  • पुनर्निर्माण योजनाअनुसार नयाँ धरहरा ११ तले २४५ फिट अग्लो हुने भए पनि यो भित्री भागबाट २१ तलाको हुनेछ।
  • नयाँ संरचनामा १८ औं फ्लोरमा एक मिनी प्रदर्शनी थियटर, एक टक्साल संग्रहालय, एक ‘ग्रीन पार्क’, एक म्युजिकल फाउन्टेन, गाडी पार्किङ क्षेत्र, एक स्मारिका पसल र खाना कोर्टलगायत अन्य आकर्षण रहेको हुनेछन्।
  • धरहराको कूल लागत भ्याटसहित तीन अर्ब ४५ करोड रूपैयाँ छ। धरहराको कूल क्षेत्रफल ४२.२ रोपनी रहेको छ।
  • २०७२ फागुन ४ गते ‘मेरो धरहरा : म बनाउँछु’ अभियान सुरुवात गर्दै प्रधानमन्त्री ओलीले धरहरा बलियो बनाउने प्रण गरेका थिए।

 

 

 

१७. घोडेजात्रा कहिले पर्दछ ?ð चैत्र कृष्ण औंसीका दिन

  • काठमाडौँ उपत्यकामा मनाइन्छ ।
  • यो जात्राको प्रचलन जयप्रकाश मल्लले चलाएका हुन् ।
  • सहरका बालबच्चालाई दुःख दिन थालेपछि टुन्डी नामका राक्षसलाई टुँडिखेलमा गाडिएको र यसो गर्दा पनि दुःख दिन नछोडेपछि घोडाको टापले कुल्चाउने गरेको किंवदन्ती यो जात्रासँग सम्बन्धित छ
  • जानकारका अनुसार पहिले नेवार समुदायले यो जात्रा टुँडिखेलमा गर्दै आएका भए पनि सैनिक ब्यारेकको स्थापनासँगै जनरल भीमसेन थापाको पालादेखि नेपाली सेनाले घोडादौड, अश्वकला प्रदर्शन गरेर जात्रा मनाउन सुरु गरिएको हो ।
  • घोडेजात्रा मनाउन÷हेर्न हिँडेकालाई ‘कता जान लागेको हो ?’ भनेर सोध्ने प्रचलन अझै छ । यसरी प्रश्न गर्दा घोडेजात्रा हेर्न हिँडेको व्यक्तिले ‘श्री ३ जङ्गबहादुरको घोडा किन्न हिँडेको हुँ’ भनेर जवाफ फर्काउने प्रचलनसमेत छ

 

१८. हालै इन्डोनेसियामा शक्तिशाली भूकम्प कहिले गएको छ ? ð२०२१ अप्रिल १०

  • इन्डोनेसियाको जाभा द्वीपमा
  • २०२१ अप्रिल १०
  • ६ म्याग्‍निच्यूडको भूकम्प
  • भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर
  • यो स्थान इस्ट जाभाको मालाङ शहर नजिक रहेको .

१९. सिन्दूर जात्रा कहाँ मनाइन्छ ?     ðभक्तपुरको मध्यपुर थिमिमा 

  • हरेक वर्षको सुरुवातमा भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दूर जात्रा बिस्केट जात्रा अन्तर्गत हुने एक जात्रा हो ।
  • बिस्केट (बिस्काः) जात्राको अवसर पारेर मनाइने ३२ खटको सिन्दुर जात्रा मनाइन्छ । देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली यो जात्रा मनाइने परम्परा रहिआएको छ ।
  • जात्रामा कायाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा सिन्दुर (अबिर) दलेर नगर परिक्रमा गर्ने परम्परा छ ।
  • जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा अबिर खेल्दै बाजागाजासहित अबिर जात्रा मनाइने चलन रहेको छ ।

 

२०. नेपालमा ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस पुष्टि कहिले भएको हो ? ð२०७८ बैशाख १ मा

  • हङकङमा १५ वटा  नमुना परीक्षणका लागि पठाएको थियो ।
  • १५ वटा  नमुना मध्ये एक जनामा ‘डबल म्युटेन्ट भेरियन्ट’ पुष्टि भएको
  • ललितपुरका एक व्यक्तिमा भारतमा देखिएको जस्तै डबल म्युटेन्ट भेरियन्ट पुष्टि भएको
  • ‘नेपालमा नयाँ प्रजातिको भाइरस फैलिएको आशंकामा ‘जिन सिक्वेन्सिङ’ को लागि नमुना बाहिर पठाएका थियो’

२१. नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले ‘राष्ट्रिय अरनिको प्रज्ञा–सम्मान २०७७ कसलाई प्रदान ग-यो ?    ð वरिष्ठ कलाकार वत्सगोपाल वैद्य र प्रवीणकुमार श्रेष्ठ


२२. टाइटानिक जहाज कुन महासागरमा डुबेको थियो ? ðआन्ध्र महासागर

  • टाइटानिकको वास्तविक नाम रोयल मेल स्टीमरः टाइटानिक ( संक्षिप्तमा आरएमएस )
  • टाइटानिकका अवशेष सुमद्रभित्र लगभग २.५ मील मुनी छ । जुन हिमखण्डसँग टाइटानिक ठोक्किएको थियो त्यो समुद्री सतहभन्दा सय फिट माथि थियो, बाँकी समुद्र भित्र । हिमखण्डको लम्बाई २ सयदेखि ४ सय फिट भएको अनुमान गरिन्छ ।
  • टाइटानिक सन् १९१२ को १४१५ अप्रिलको राती २ बजेर २० मिनेटमा समुद्रमा डुबेको थियो । १६ अप्रिलमा अंग्रेजी पत्रिका द लण्डन मेलको खबरको शीर्षक थियो टाइटानिक संक, नो लाइव्स लस्ट (टाइटानिक डुब्यो,
  • टाइटानिकका जति पनि चित्र हामीले देख्छौं, ती सबैमा चारवटा ठूलो चिम्नी देख्न सकिन्छ । तर तथ्य यो हो कि यसका तीन चिम्नीमात्रै काम गर्दथे । चौथो चिम्नी त यसलाई भव्यता प्रदान गर्नका लागि राखिएको थियो ।
  • टाइटानिकमा ६४ जीवनरक्षक डुङ्गा आउन सक्थ्यो तर जहाजमा ३० डुङ्गा मात्रै थिए । यीमध्ये थुप्रै डुङ्गामा पूरा क्षमतामा मानिसहरुलाई बसाइएको थिएन । पहिलो डुङ्गामा २८ मानिस थिए जबकी त्यसमा ६५ जनाको लागि सिट थियो ।
  • टाइटानिकको लञ्च हेर्नका लागि आयरल्याण्डको बेलफास्टमा लगभग १ लाख मानिसहरु आएका थिए ।
  • जहाजमा २,२२३ यात्री र चालक दल सवार थिए । १,५१७ यात्री बाँच्न सकेनन् । ७०६ सकुशल बाँचन सके । स्मरण रहोस्, टाइटानिकको क्षमता २५ सयभन्दा बढी थियो । बाँच्नेमा ६१ प्रतिशत प्रथम श्रेणीका यात्री थिए । तेस्रो श्रेणीका २५ प्रतिशतभन्दा कम यात्रीले आफ्नो ज्यान जोगाउन सकेका थिए ।  
  • जुन समयमा टाइटानिकले जलसमाधि लियो, त्यतिबेला समुद्रको तापक्रम बरफ जम्ने तापक्रमभन्दा पनि मुनि थियो । एसएस क्यालिफोर्नियन जहाजका कप्तान थिए स्टेनली लर्डले त्यतिबेला समुद्रको तापक्रम माइन २ डिग्री मापन गरेका थिए । लाइफ ज्याकेट असोसिएशनका अनुसार मनुष्यको शरीर यो तापक्रममा ४५ मिनेटसम्म मात्रै जीवित रहन सक्छ ।
  • जेम्स क्यामरुनको टाइटानिक फिल्मले जति कमाई गरेको थियो त्यसमा ११ टाइटानिक जहाज तयार गर्न सकिन्छ । त्यतिबेला टाइटानिक ७.५ करोड डलरमा बनेर तयार भएको थियो तर आज अनुमानित रुपमा यो बनाउन २० करोड डलर खर्च लाग्छ । तर फिल्मले करिब २.२ अर्ब डलरको कमाई गरेको थियो ।
  • जहाजको अवशेष खोज्नमा ७० वर्षभन्दा बढी समय लाग्यो । सन् १९८५ मा एक रोबोट सबमरीनको सहायताले यसको खोजी गरिएको थियो ।
  • टाइटानिक फिल्ममा अभिनेत्री केट विन्स्लेटका सबै चित्र निर्देशक जेम्सले नै बनाएका थिए ।
  • टाइटानिकको अगाडि हिमखण्ड छ, भन्ने जानकारी ठोक्किनु ३७ सेकेन्ड अघि मात्रै थाहा भयो । त्यतिबेलासम्म निकै ढिलो भइसकेको थियो ।
  • टाइटानिक एउटा यस्तो जहाज थियो जसलाई ‘द अनसिंकेबल’ अर्थात् कहिल्यै नडुब्ने जहाजको संज्ञा दिइएको थियो । टाइटानिकलाई विश्व प्रसिद्ध बनाउनमा निर्देशक जेम्स क्यामरुनको हात छ । 

 

 

२३. चन्द्रमामा खेलिएको पहिलो खेल कुन हो ? ðगोल्फ

  • ३१ जनवरी सन् १९७१ मा अमेरिकी स्पेस एजेन्सी नासाले आफ्नो आठौं मून मिसन अपोलो१४ लञ्च गर्यो 
  • यो मिसनमा एलन शेफर्ड,  स्टुअर्ट रुसा र एडगर मिशेल थिए ।
  • अपोलो१४ ले एक हप्तापछि फेब्रुअरी ६ सन् १९७१ मा चन्द्रमाको सतहमा अवतरण गर्यो ।
  • अवतरण गरेपछि एलन शेफर्डले चन्द्रमाको जमिनमा गोल्फ खेले ।
  • वास्तवमा एलन शेफर्ड गोल्फर थिए । शेफर्डले आफूसँग गोल्फ स्टिक र गोल्फको बललाई  स्पेट सूटमा लुकाएर लिएर गएका थिए ।
  • चन्द्रमाको सतहमा अवतरण गरेपछि  शेफर्डले आफ्नो सबै काम पूरा गरे र चन्द्रमामा गोल्फ खेले । उनले दुई बल हाले, त्यसमध्ये एउटा चन्द्रमाको सतहमा खस्यो, यसलाई जेवेलिन कार्टर नाम दिइयो ।
  • यससँगै शेफर्ड चन्द्रमाको जमिनमा गोल्फ खेल्ने पहिलो व्यक्ति बने
  • अपोलो१४ मिशन ९ दिन २ मिनेटको थियो । चन्द्रमाको जमिनमा शेफर्ड र एडगर मिशलले ९  घण्टा २४ मिनेट बिताएका थिए । शेफर्ड र मिशेलले चन्द्रमाबाट करिब ४२ किलो माटो र चट्टान लिएर आएका थिए । यसमा ४५० करोड वर्ष पुरानो क्रिस्टेलाइन रकको नमूना पनि थियो जुन सेतो रङको थियो । 

 

२४. बाँदरबाट कसरी मानिस भयौं भनेर जानकारी दिने चार्ल्स डार्विनको जन्म कहिले भएको हो ?  ð सन् १८०९ फेब्रुअरी १२ मा

  • चार्ल्स डार्विनका पिता रोबर्ट डार्विन र आमा सुसान डार्विन दुबै चर्चित डाक्टर थिए ।
  • त्यसैले उनीहरुको छोरा पनि डाक्टर नै बनोस् भन्ने इच्छा थियो  तर पिताले अत्यधिक कोसिस गर्दा पनि चार्ल्स पढाईमा ध्यान नै दिँदैनथे ।
  • यो देखेर उनका पिताले भनेका थिए, ‘तिमीलाई शिकार गर्न र मुसा समात्नबाहेक अन्य केही कुराको मतलब छैन । यस्तो गरेर तिमीले आफ्नो मात्रै होइन, पूरा खानदानकै बेइज्जत गर्नेछौ ।
  • पृथ्वीमा जीवन कसरी आयो भन्ने विषयमा चार्ल्स सधैंजसो घोत्लिरहन्थे । 
  • डिसेम्बर १८३१ मा जब चार्ल्सको उमेर २२ वर्षको थियो तब उनले बिगल नामको जहाजबाट आफूभन्दा टाढा जाने मौका पाए । चार्ल्सले यो मौका हातबाट जान दिएनन् ।
  •  बाटोमा जहाँजहाँ जहाज रोकियो, त्यहाँ त्यहाँ चार्ल्स ओर्लिएर जीव जन्तु, बोटविरुवा, रुख, ढुङ्गाचट्टान र किरा फट्याङ्ग्रालाई अवलोकन गर्न थाले र त्यसको नमूना जम्मा गर्न थाले ।
  • थुप्रै वर्षसम्म काम गरेपछि उनले यो पृथ्वस्मा जति पनि प्रजाति छन्, ती मूल रुपमा एकै जातिबाट उत्पत्ति भएको बताए । उनका अनुसार समय र परिस्थितीका साथै उनीहरुले आफूलाई परिवर्तन गरे र भिन्न भिन्न प्रजाति बन्यो । 
  • २१ नोभेम्बर सन् १८५९ मा चार्ल्स डार्विनको किताब ‘अन द ओरिजिन अफ स्पेसिस बाय मिन्स अफ नेचुरल सिलेक्सन’ प्रकाशित भयो ।
  •  यो किताबमा एउटा च्याप्टर थियो ‘थ्योरी अफ इभोलुशन’ । यसैमा हामी बाँदरबाट कसरी मानिस बन्यौं भन्ने जानकारी दिएको थियो । 
  • उनको मान्यता थियो कि हामी सबैका पूर्खा एउटै हुन् । उनले दिएको जानकारी अनुसार केही बाँदर भिन्न भिन्न स्थानमा बस्न थाले, त्यसैले क्रमशः आवश्यकताका अनुसार उनीहरुमा परिवर्तन आउन सुरु भयो ।
  • उनीहरुमा आएको परिवर्तन उनीहरुका पछिको पीढिमा देखिन थाल्यो । 
  • उनले यसबारे बुझाउँदै भने, ‘ओरेंगुटेन (बाँदरको एक प्रजाति) को एउटा छोरा रुखमा र अर्को जमिनमा बस्न थाल्यो । जमिनमा बस्ने छोराले आफूलाई जिउँदो राख्नका लागि नयाँ कला सिके । उसले उभिन, दुई खुट्टामा हिँड्न, दुई हातको प्रयोग गर्न सिक्यो ।’‘पेट भर्नका लागि शिकार गर्न र खेती गर्न सिक्यो । यसरी ओरेंगुटनको एउटा छोरा बाँदरबाट मानिस बन्यो । यद्यपि, यो परिवर्तन एक वा दुई वर्षमा भएको होइन, यसका लागि करोडौं वर्ष लाग्यो ।’
  • यसै थ्योरीका कारण चार्ल्स डार्विनले संसारभरी पहिचान पाए । जो पिता कुनै बेला उनका छोराले पूरै खानदानको बदनामी गर्ला भनेर चिन्तित थिए जब छोराकै कारण उनको पहिचान बनेको छ । 

Share this