| 8 बजे Gk कक्षा छ है |       | बन्ने होइन त अधिकृत ?? |      

सबैका लागी सामान्य ज्ञान शृंखला 4

LoksewaGyan १४ मंसिर २०७९,बुधबार

 

१. दक्षिण ध्रुव पत्ता लगाउने व्यक्ति को हुन् ?

- रोल्ड एमन्ड सेन (नर्वे )

२. उत्तरी ध्रुव पत्ता लगाउने व्यक्ति को हुन् ?

- रबर्ट पेरी

३. अक्षांश रेखाहरू कतिवटा हुन्छन् ?

- १८०

४. भूमध्य रेखामा सूर्यको प्रकाश कुन रूपमा पर्दछ ?

- सिधा

५. भूमध्य रेखा कस्तो अक्षांश रेखा हो ?

- सबैभन्दा लामो 

६. सबैभन्दा बढी गर्मी कुन अक्षांशमा हुन्छ ?

-0° अक्षांश रेखा (भूमध्य रेखा )

७. अक्षांश रेखाहरू कतिकति डिग्रीको फरकमा हुन्छन् ?

- एक एक डिग्री

८. पृथ्वीको सतहको कुनै निश्चित स्थानबाट पृथ्वीको व्यासको सो ठाउँको विपरित स्थानलाई के भनिन्छ ?

- प्रतिलोम

९. विश्व मानचित्रमा सबैभन्दा बढी उचाइमा विविधता कुन अक्षांशीय क्षेत्रमा रहेको छ ?

- २० डिग्री उत्तरी अक्षांशदेखि ५० डिग्री उत्तरी अक्षांशसम्म

१०. देशान्तरलाई कुन एकाइमा नापिन्छ ?

- डिग्री , मिनेट, र सेकेन्ड

११. कुन नदीलाई रसियाको राष्ट्रिय नदी भनेर चिनिन्छ ?

भोल्गा

१२. कुनै ठाउँको स्थानीय समय पत्ता लगाउन के को सहयोग लिइन्छ ?

- देशान्तर रेखाको

१३. ग्रिनवीचको समयलाई आधार मानी अन्तर्राष्ट्रिय समयको निर्धारण कहिले गरिएको हो ?

- सन् १८८४ नोवेम्बर १

१४. ग्रिनविच मिनटाइम (Greenwich Mean Time) भन्दा नेपालको समय कति चलाख रहेको छ ?

- ५ घण्टा ४५ मिनेट

१५. नेपालको प्रामाणिक समय कुन स्थानलाई आधार मानी निर्धारण गरिएको छ ?

- गौरीशंकर हिमाल

१६. कति डिग्रीको देशान्तर रेखाका आधारमा नेपालको प्रामाणिक समय निर्धारण गरिएको हो ?

- ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर रेखाका आधारमा

 

१७. नेपालको प्रामाणिक समय भारतको प्रामाणिक समयभन्दा कति छिटो छ ?

- १५ मिनेट

१८. कुनै दुई स्थान वा वस्तुबीचको आपसी फासलालाई के भनिन्छ ?

- दुरी

१९. दूरीलाई कति किसिमले व्यक्त गर्न सकिन्छ ?

- २ (लम्बवत दुरी र क्षैतिज दुरी ) 

२०. एउटै सतहमा रहेका स्थान वा वस्तुको बीचको फासलालाई के भनिन्छ ?

- क्षितिजीय दूरी (Horizontal Distance) (जस्तै: काठमाडौँ र पोखराको दूरी, नारायणगढ र बुटवलको दूरी आदि)

२१. टेप वा जन्जिरबाट नाप्न नसकिने दूरीलाई कसरी मापन गरिन्छ ?

- कोणमा व्यक्त गरेर (जस्तैः मध्यान्ह सूर्यको उचाइ, ध्रुव ताराको उचाइ, अक्षांश, देशान्तरको दूरी)

२२. टेप वा जन्जिरबाट नाप्दा मेट्रिक प्रणालीअनुसार दूरीलाई कुन एकाइमा व्यक्त गरिन्छ ?

- सेन्टिमिटर, मिटर, किलोमिटर आदि

२३. ब्रिटिश प्रणालीअनुसार दूरीलाई कुन एकाइमा व्यक्त गरिन्छ ?

- इन्च, गज, माइल आदि

२४. विश्वको सबैभन्दा लामो पर्वतमाला कन हो ?

- एण्डिज पर्वतमाला

२५. एण्डिज पर्वतमालाको लम्वाइ कति छ ?

- करिब ७२०० कि.मि

२६. एण्डिज पर्वतमाला कुन देशदेखि कुन देशसम्म फैलिएको छ ?

- कोलम्बिया देखि चिलिसम्म

२७. विश्वको सर्वाधिक अग्लो पर्वतमाला कुन हो ?

- हिमालय पर्वत

 २८. हिमालय पर्वतमाला कुन महादेशमा पर्दछ ?

- एसिया

२९. आल्पस पर्वत कुन महादेशमा पर्छ ?

- युरोप

 ३०. कुन पर्वतमालालाई सम्पन्न पर्वतमाला भनी चिनिन्छ ?

- एण्डिज (बहुमुल्य धातुहरु र खनिज पदार्थ पाइने हुँदा )

३१. अस्ट्रेलिया महादेशको सबैभन्दा लामो पर्वत शृंखला कुन हो ?

-ग्रेट डिभाइडिङ रेन्ज

३२. अस्ट्रेलिया महादेशको सबैभन्दा लामो मुगा पर्वत कुन हो ?

- ग्रेट ब्यारियर रिफ

 ३३. विश्वमा सर्वाधिक फोटो खिचिएको र चित्रलेखन गरिएको पहाड कुन हो ?

- फुजी ( जापान )

 ३४. हिन्दु, बौद्ध र इस्लाम धर्मावलम्वीहरूको आस्थाको केन्द्र मानिने एडम्स पिक नामक पहाड कहाँ रहेको छ ?

- श्रीलंका

 ३५. युराल पर्वतमाला कहाँ पर्दछ ?

- एसिया र युरोप ( एसले एसिया र युरोप महादेशलाई छुट्याउन्छ)

३६. सिस्मोग्राफले भूकम्पको बारेमा के कुरा देखाउन सक्दैन ?

- भूकम्प कहिले आउंछ भन्ने कुरा

३७. भूकम्प हुने मुख्य २ कारण के-के हुन् ?

- ज्वालामुखी विष्फोटन (Volcanic Eruption)

- भुचालसम्बन्धी हलचल

३८. पृथ्वीको धरातल दाँया बाँया भएर हुने कम्पलाई के भनिन्छ ?

- क्षैतिज कम्प (Horizontal Quake )

३९. पृथ्वीको धरातल तलमाथि भएर हुने कम्पलाई के भनिन्छ ?

- ठाडो कम्प (Vertical Quake )

४०. कुन प्रकृतिको कम्पन बढी विनाशकारी हुन्छ ?

- क्षैतिज कम्प (Horizontal Quake )

४१. पृथ्वीको भित्री भागमा भूकम्पको कम्पन उत्पत्ति हुने केन्द्रलाई के भनिन्छ ?

- हाइपोसेन्टर

४२. हाइपोसेन्टरमा उत्पत्ति भएको कम्प सिधै आइपुग्ने सतहको केन्द्रलाई के भनिन्छ ?

- इपिसेन्टर

४३. भूकम्पको तीब्रता, उत्पत्ति स्थान, वेग, फैलावट आदि नाप्ने यन्त्रलाई के भनिन्छ ?

- सिस्मोग्राफ (Seismograph )

४४. राष्ट्रिय भूकम्प प्रविधि समाज नेपालका अनुसार नेपालमा वि.सं. १८९० मा कति रेक्टर स्केलको भूकम्प गएको थियो ?

- ७.८ रेक्टर स्केल

४५. वि.सं. १९९० मा कति रेक्टर स्केलको भूकम्प गएको थियो ?

- ८.४ रेक्टर स्केल

४६. १९९० सालको भूकम्प जाँदा नेपालका प्रधानमन्त्री को थिए ?

- जुद्धशमशेर

४७. नेपाल भूकम्पीय जोखिमका हिसावले विश्वको कतिऔं स्थानमा पर्छ ?

- ११ औ

४८. नेपालमा भूकम्प सुरक्षा दिवस कहिले मनाइन्छ ?

- माघ २ गते

४९. नेपालमा माघ २ गतेलाई भूकम्प सुरक्षा दिवस कहिलेदेखि मनाउन थालिएको हो ?

- वि.सं. २०५५

५०. समुद्रमा केन्द्रविन्दु भई भूकम्प आउँदा समुद्रको पानी खल्बलिन गई तटीय क्षेत्रमा पैदा हुने अग्ला र शक्तिशाली छालहरूलाई के भनिन्छ ?

- सुनामी (Tsunami)

 

Online Tuition को लागी सम्पर्क : 9848383263/9808145933

Share this